एजेन्सी– फोब्र्स म्यागेजिनले सबैभन्दा बढी खर्चालु भारतीय सेलिब्रेटीहरुको लिस्ट सार्वजनिक गरेको छ। आमदानीको आधारमा सबैभन्दा बढी खर्च गर्ने पाँच सेलिब्रेटीहरुको नामाकंन यसरी तयार पारिएको छ।
१) सलमान खानः– सबैभन्दा बढी खर्च गर्ने भारतीय सेलिब्रेटीहरुको सुचीको पाचाैँ स्थानमा सलमान खान रहेका छन्। उनको कुल सम्पति १९ सय करोड आई.सी रहेको छ। सलमानले करिब दुई देखि तीन लाख प्रतिदिन आफ्नो दैनिकीमा खर्च गर्छन् भने ९० लाखको हाराहारीमा प्रति महिना आफ्नो घरायसी काममा खर्च गर्छन्। उनले घरको विद्युतिय बिल मात्रै १५ देखि २० लाखसम्म तिर्छन्। त्यसैगरी उनको अंगरक्षकको मासिक तलब करिब २ लाख भारु रहेको छ।
२) सारुख खानः– सुचीको चौथों स्थानमा परेका सारुख खानको कुल सम्पति ५ हजार ३ सय ३१ करोड आई.सी रहेको छ। उनले दैनिक ४ देखि ६ लाखसम्म खर्च गर्ने गरेका छन्।
३) अक्षय कुमारः– अक्षय कुमार पनि एक निकै खर्चालु सेलिबे्रटीको रुपमा लिइन्छ। उनको कुल सम्पति १ हजार ७३ करोड रहेको छ। हुँदा आफ्नो व्यतिmगत खर्च, आफ्ना अंगरक्षकको तलब, विद्युतीय बिल, खाना र परिवारको खर्च गरेर उनले दैनिक लगभग २ लाख भारु खर्च गर्छन्।
४) अमिर खानः– अमिर खान कुल १ हजार २ सय ७६ करोड बराबरको सम्पतीका मालिक हुन्। उनले १ देखि १.५ लाखसम्म आफ्नो दैनिकीमा खर्च गर्छन्। तर उनी भाडाका घरमा बस्छन् र साधारण जिवनशैलि रमाउँछन्। त्यसैले उनको खर्च अरुको भन्दा कम छ।
५) मुकेश अम्बानिः– विश्वकै १० औ धनी व्यक्तीको रुपमा प्रख्यात मुकेश अम्बानी को कुल सम्पति ४ लाख ३५ हजार २ सय ९५ करोड रहेको छ। उनी दिनहँु ६० देखि ८० लाखसम्म खर्च गर्छन्।