एजेन्सी– बिहिबार आइपीएल २०२० को अक्सन सम्पन्न भएको छ। अक्सनबाट फ्रेन्चाइज टोलीले खेलाडीहरु अनुबन्ध गरेसँगै कुन टिम कति बलियो भन्ने तुलना हुन थालिसकेको छ।
त्यस्तै केहि टोलीले बिहिबारको आइपीएलमा खेलाडीहरुलाई ठूलो रकममा किनेका छन्। आइपीएल २०२० को अक्सनमा १० करोड वा सो भन्दा बढी पाउने खेलाडीबारे चर्चा ग¥यौं।
१. प्याट कमिन्स (१५.५ करोड)
अष्ट्रेलियाका तीव्र गतिका बलर तथा आक्रामक ब्याट्सम्यान प्याट कमिन्स आइपीएलको इतिहासमा नै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन्। बिहिबार उनलाई कोलकाता नाइट्राइडर्सले १५.५ करोड खर्चिएर टिममा आबद्ध गरेको छ। सुरुवातमा बेंगलोर र दिल्लीले कमिन्सलाई अनुबन्धन गर्न बोलि लगाएका थिए। तर कोलकाताले दोस्रो पटकको बोलीमा नै कमिन्सलाई टिममा अनुबन्ध ग¥यो।
२. ग्लेन म्याक्सवेल (१०.७५ करोड)
बिहिबार भएको आइपीएल २०२० को अक्सनमा ग्लेन म्याक्सवेल १०.७५ करोड मूल्यमा अनुबन्धित भए। उनलाई किंग्स इलेभेन पन्जाब आफ्नो टिममा आबद्ध गराएको हो। म्याक्सवेल अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान हुन्। उच्च फर्ममा रहेका उनी उत्कृष्ट बलरको लागि पनि घातक ब्याट्सम्यान साबित हुन सक्छन्।
३. क्रिस मोरिस (१० करोड)
दक्षिण अफ्रिकाका क्रिस मोरिस बलिङ र ब्याटिङ दुबैमा अब्बल मानिन्छन्। आइपीएल २०२० अक्सजबाट उनी रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध भएका छन्। उनलाई बेंगलोरले १० करोड मूल्यमा किनेको हो।