सुर्खेत– होटल व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुदैँछ। उक्त राष्ट्रिय महाधिवेशनको लागि होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन्। नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै ७ वटै प्रदेशका व्यवसायी महाधिवेशनको लागि सुर्खेत आएका हुन्।
महासंघले दुईदिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले महाधिवेशनको उद्घाटन दिउँसो १ बजे गर्ने कार्यक्रम छ। होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलको अनुसार महाधिवेशनमा सातै प्रदेशबाट एक हजार ५०० भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने भएको छ।
महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
अध्यक्ष भुजेलको अनुसार महाधिवेशन प्रतिनिधिलाई कर्णालीको अर्गा्निक खानाको व्यवस्था मिलाइएको छ। कर्णाली प्रदेश सरकारले अर्गा्निक उत्पादनलाई जोड दिएको छ, यस्तो सकारात्मक अभियानको सार्थकताका लागि हामी निजी क्षेत्रको पनि सहयोग हुनुपर्ने उनको भनाई छ। उनले भने, ‘कोशेलीका रूपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्दैछौं।’
महासंघ सुर्खेतका पूर्वअध्यक्ष तर्कबहादुर शाहीले कर्णालीको पर्यटन प्रवर्द्धनमा महाधिवेशनले ठूलो टेवा पुर्याउने बताए।