काठमाडौं– नेपाली चलचित्रकी लोकप्रिय नायिका निरुता सिंह पछिल्लो समय मुम्बई बस्दै आएकी छिन्। नेपालमा आफ्नो राम्रो पहिचान बनाउन सफल भएकी नायिका निरुता भारती य रियालिटी शो ‘ईन्डियन आर्यडल’ मा पुगेकी छिन्। नायिका सिंहले सामाजिक सञ्जालमा फेसबुकमा एउटा भिडियो क्लिप राख्दै आफू ‘ईन्डियन आईडल’ मा पुगेको जनााएकी छिन्। उनले कार्यक्रमा पुग्दा निकै रमाईलो भएको र राम्रो समय बिताएको बताएकी छिन्। नायिका सिंहले आत्यिनारायणलाई धन्यावाद दिँदै लेखेकी छिन्, ‘ईन्डियन आईडलको सेटमा राम्रो समय बिताएँ। आदित्य नारायणलाई धेरै–धेरै धन्यावाद !’
निरुताले पछिल्लो समय मह जोडीको चलचित्र ‘दाल भात तरकारी’ मा अभिनय गरेकी छिन्। दर्जनौ भन्दा बढी सुपरहिट नेपाली चलचित्रमा काम गरेकी छन्। आफ्नो समयकी एक नम्बर यी नायिका सबैभन्दा रुचाईएकी नायिका हुन्।