एजेन्सी– अब फेसबुकले एन्ड्रोइडलाई पन्छाएर आफ्नै अपरेटिङ सिस्टम ‘फेसबुक ओएस’ निर्माण गर्ने भएको छ। फेसबुकले निमार्ण गर्न लागेको ओएस सिस्टमको नेतृत्व माइक्रोसफ्टका पूर्व कर्मचारी तथा विन्डोज एनटी अपरेटिङ सिस्टमका सह–निर्माता मार्क लुस्कोभस्कीले गरेका छन्।
फेसबुकका एआर तथा भीआर प्रमुख फिकस क्रिकप्याट्रीकले फेसबुकको एआर र भीआर परियोजनको विषयमा बोल्ने क्रममा फेसबुक ओएसको विषय खुलाएका हुन्। नाम ‘फेसबुक ओएस’नै राख्ने नराख्ने भन्ने विषयमा पूर्ण जानकारी नआए पनि फेसबुकले आन्तरिक रुपमा आफ्नै ओएस निमार्णको लागि काम गरिरहेको खबर भने सार्वजनिक भएको छ।
उनले फेसबुक ओएस बनाउने क्रममा रहेको नभने पनि गुगलको एन्ड्रोइडलाई विस्थापित गरेर जाँदा फेसबुकलाई फाइदा हुने उल्लेख गरेका छन्। द इन्फर्मेशनले तयार पारेको प्रतिवेदनका अनुसार फेसबुकले एप्पलको आईओएसको ‘वाल गार्डेन’ अवधारणामा अघि बढन् सक्ने छ। यसको अर्थ फेसबुकले आफ्नो इकोसिस्टमको कन्ट्रोल आफैसँग राख्न चाहेको देखिन्छ।