काठमाडौं– यो वर्ष मात्रै अमेरिकाले गैरकानुनी रुपमा आफ्नो देशमा आएको भन्दै १ सय २५ जना नेपालीलाई फर्काएको छ। बुधबार मात्र पाँच जनालाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइएकोे प्रहरीले जानकारी दिएको छ।
गत बैशाखदेखि यता मात्रै १ सय १५ जनालाई नेपाल पठाएको विवरण नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको छ। अनुमानमा ८–१० हजार नेपाली अमेरिका पुग्ने बाटोमा रहेको ब्यूरो प्रमुख वरिष्ठ उपरीक्षक ईश्वरबाबुु कार्कीले बताएका छन्।
नेपाल प्रहरीले यसै वर्ष वैशाखमा ब्यूरो स्थापन गरेपछि मात्र अमेरिकाले निष्काशन गरेको नेपाली आप्रवासीको जानकारी दिन शुरु गरेको हो। कार्कीले नेपाल प्रहरीको सहजीकरणको लागि त्यस्तो जामकारी दिने गरिएको जनाएका छन्।
ती पाँच नेपालीहरु अमेरिकाको जोर्जिया, लुइजियाना, टेक्सास, क्यालिफोर्निया र वासिङटनबाट समातिइको जनाइएको छ।