काठमाडौं– नेपाली लोक तथा दोहोरी गीतकी सदावहार बहुचर्चित गायिका बिमाकुमारी दुरा र शंकर कडेंलको आवाजमा निकै मिठो लोकदोहोरी गीतको भिडियो छायाँङ्कनको काम सकिएको छ। भक्तपुर जिल्लाको घ्याम्पे डाँडामा छायाँङ्कन गरिएको गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन्। गीतमा अहिलेकी चर्चित नायिका अन्जली अधिकारी र शंकर कडेंलको गज्जबको रोमान्स एवम् त्यतिकै राम्रो नृत्य देख्न सकिन्छ।
पूर्णिमा गीतका गायक कडेंल यही गीत मार्फत म्यूजिक भिडियोमा देखिएका छन्। स्मार्ट लुक्सका कारण सुटिङ् स्थलमा लिएका उनका केही तस्विहरु पोष्ट भए लगत्तै उनी राम्रो प्रतिक्रिया पाउन सफल भएका छन्। हाल जर्मनमा बस्दै आएका शंकर गायन र अभिनय दुबै कुरालाई अगाडि बढाउने बताउँछन्। सुरिलो स्वरका धनी शंकर आधुनिक गीतमा आवाज दिईसकेका छन्, भने लोकदोहोरी गीतमा उनले पहिलो पटक आवाज दिएका हुन्। नायक तथा गायक कडेंलाई यो गीतबाट कस्तो अपेक्षा गर्न भएको छ भन्ने प्रश्नमा गीतले मागेको सबै कुरा समाबेश गर्ने प्रयास गरेका छौं।
यो हाम्रो सक्दो प्रयास हो अडियो र भिडियो दुबैमा हामीले कत्ति पनि कन्जुस्याई गरेका छैनौं। बिमाकुमारी दुरा जस्तो अग्रज गायिका सँग प्रदेशमा बसेर पनि कसरी सहकार्य गर्न सफल हुन भयो भन्ने प्रश्नमा उनले भने ‘यसको श्रेय यो गीतका सर्जक ज्ञानेन्द्र शाहीलाई जान्छ, उहाँले गायिका बिमाकुमारी दुरा राख्ने भन्नु भो मैले स्वत स्वीकारे। किनभने मैले लोक दोहोरी गीतमा चिनेको आवाज नै बिमा दिदीको हो। कतिपय नयाँ लोक गायिकाहरुका आवाज छुट्याउन मलाई गाह्रो हुन्छ। किनकि म प्राय आधुनिक, पप र चलचित्र गीतहरु बढी सुन्थें।
एउटा राम्रो लोकदोहोरी गीत गर्ने ईच्छा थियो मैले उहाँलाई भने, गीत लेखेर मलाई सुनाउन वित्तिकै मलाई एकदमै मन पर्यो। लगत्तै हामीले काम अगाडि बढाईहाल्यौ।’ जर्मनमा रहेर ईन्जिनियरिङ् बिषय अध्ययन गरिरहेका उनी केही दिन भित्र जर्मन फर्कने बताउँछन्। गीतमा ज्ञानेन्द्र शाहीको लय शिव हमाल र ज्ञानेन्द्र शाहीको शब्द रहेको गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका छन्, भने गीत राग स्टुडियोमा रेकर्ड भएको हो। शंकर कडेंलको यूटुब च्यानलबाट छिट्टै बजारमा आउँदै छ।