एजेन्सी– चर्चित बलिउड सुपरस्टार सलमान खानको चलचित्रले लाइफ टाइम कलेक्शन कति गर्छ, त्यो यसै भन्न सकिदैन। तर, सलमानको चलचित्रको ओपनिङ भने बम्पर हुन्छ। यसैले, पनि सलमानको चलचित्र रिलिज हुँदा अरु नायकले चलचित्र रिलिज गर्ने हिम्मत गर्दैनन्। उनै, सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ आजबाट विश्वभर रिलिज भएको छ। हिट चलचित्रको सिरिज, सलमानको स्टारडम, सोलो रिलिजको अवसरका कारण पनि यसले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको थियो।
तर, चलचित्रले भारतमा बिहानी शोमा भने निकै नै कमजोर ओपनिङ गरेको छ। सुन्दा पत्यार नलाग्न सक्छ तर या वास्तविकता हो।चलचित्रले २० देखि २५ प्रतिशतको ओपनिङ गरेको भारतीय मिडियाले जनाएका छन्। यो चलचित्रलाई एक सातामै बम्पर कमाई गर्नुपर्ने हुन्छ। किनकी, अर्को साता चलचित्र ‘गुड न्यूज’ ले यसको व्यापारमा ठूलो धक्का दिने पक्का छ। चलचित्रलाई समिक्षकले मिश्रित प्रतिक्रिया दिएका छन्। विशेषगरि, चलचित्रमा नयाँपन केही नभएको, सलमान खानलाई हेर्न चाहनेका लागि चलचित्र विशेष रहेको प्रतिक्रिया आइरहेको छ।
चलचित्रको ओपनिङ व्यापारमा भारतमा भईरहेको नागरिकता संसोधन कानुनको विरुद्धमा भैरहेको विरोधको असर परेको देखिएको छ। किनकी, सलमान खानको पछिल्लो रिलिज चलचित्र ‘भारत’ को एडभान्स बुकिङ १७ करोड थियो। तर, यो चलचित्रको बुकिङ भने निकै कमजोर थियो। विरोधका कारण चलचित्रको व्यापारमा ठूलो असर परेको भारतीय मिडियाले उल्लेख गरेका छन्। क्रिसमसको बिदाको फाइदा चलचित्रले कति उठाउला, यसका लागि केही दिन पर्खनुपर्छ। किनकि प्राय चलचित्रले यस्तो अवसरमा राम्रो कमाई गरेको रेकर्ड छ।