काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि हरिद्वारस्थित रामदेवको योगपिठ पुगेकी छिन्।
प्रचण्डकी छोरी गंगा दाहालले आमा सीतालाई हरिद्वार स्थित पतञ्जली योगपीठ लगिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन्। उनले बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेको तस्वीर पनि शेयर गरेकी छिन्।
सीताका साथमा छोरी गंगा र पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन्। पार्किन्सन्स रोगबा पीडित सीताको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आयुर्वे्दिक उपचार थालिएको हो। उपचारका लागि गत चैतमा प्रचण्डले पत्नी सीतालाई अमेरिका पनि लगेका थिए।
पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको हुनाले उनी साहराबिना हिँडडुल गर्नसमेत नसक्ने अबस्थामा पुगेकी छिन्।