काठमाडौं– नेपाली फिल्म अवार्डहरु विदेश हुने क्रम बढ्दो छ। सन् २०२० मा क्यानडामा आयोजना हुने ‘सिने स्टार अवार्ड’ का लागि मनोनयन सार्वजनिक गरिएको छ। आयोजकले हरेक विधामा टप थ्री नोमिनिजको नाम सार्वजनिक गरेको छ। यो अवार्डको नोमिनेशनमा चलचित्र ‘प्रसाद, बुलबुल र छक्का पन्जा ३’ को बाहुल्यता छ। उत्कृष्ट चलचित्रको नोमिनेशनमा नै यी तिन चलचित्र परेका छन्।
यस्तै, उत्कृष्ट नायकतर्फ भने अनमोल केसी, विपिन कार्की र सलिनमान बनियाँ नोमिनेशनमा परेका छन्। उत्कृष्ट नायिकातर्फ स्वस्तिमा खड्का, श्रृष्टी श्रेष्ठ र नम्रता श्रेष्ठ नोमिनेशनमा छन्। यसमा कसैलाई पनि अड्कल गर्न गाह्रो अवस्था हो। वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरुबाट यो नोमिनेशन सार्वजनिक गरिएको छ। आयोजकले १२ विधामा अवार्ड प्रदान गर्ने बताएको छ। साथमा, जुरी अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ। नोमिनेशन सार्वजनिक तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै आयोजक हिल्सा इन्टरटेन्मेन्टका प्रमुख प्रतिक वुढाथोकीले चलचित्र क्षेत्रलाई सम्मान गर्न पाउनु गर्वको कुरा भएको बताए।
चलचित्रको विदेशी बजार विस्तारका लागि यो अवार्डले भूमिका खेल्ने विश्वास उनको थियो। यो अवार्ड जीटीए लायन्स क्लब टोरेन्टो र सिने मल्टिभिजन क्यानडाको सहकार्यमा आयोजना हुन लागेको हो। अवार्डको विभिन्न विधाको उत्कृष्ट ३ मा पर्न सफल चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः
उत्कृष्ट फिल्मः
प्रसाद
छक्का पञ्जा ३
बुलबुल
उत्कृष्ट निर्देशकः
बिनोद पौडेल – बुलबुल
दीपाश्री निरौला – छक्का पन्जा ३
दिनेश राउत – प्रसाद
उत्कृष्ट पटकथाः
दीपकराज गिरी – छक्का पन्जा ३
सुशील पौडेल – प्रसाद
बिनोद पौडेल – बुलबुल
उत्कृष्ट अभिनेताः
अनमोल केसी – ए मेरो हजुर ३
विपिन कार्की – प्रसाद
सलिनमान बनियाँ – यात्रा
उत्कृष्ट अभिनेत्रीः
स्वस्तिमा खड्का – बुलबुल
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
नम्रता श्रेष्ठ – प्रसाद
उत्कृष्ट सह(अभिनेत्रीः
लक्ष्मी वर्देवा – बुलबुल
सुरक्षा पन्त – गोपी
प्रियंका कार्की – नाइँ नभन्नु ल ५
उत्कृष्ट सह(अभिनेताः
सलोन बस्नेत – ए मेरो हजुर ३
सौगात मल्ल – जय भोले
केदार घिमिरे – छक्का पन्जा ३
उत्कृष्ट सम्पादनः
बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी
निमेष श्रेष्ठ – साइँली
बिपिन मल्ल – छक्का पन्जा ३
उत्कृष्ट सिनेमाटोग्राफरः
मानकृष्ण महर्जन – छिरिङ
आलोक शुक्ला – लभ स्टेशन
पुरुषोत्तम प्रधान – छक्का पन्जा ३
उत्कृष्ट पार्श्व गायिकाः
प्रविशा अधिकारी – फुल होइन काँडा – रोज
विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३
अन्जु पन्त – बनकी चरी – प्रसाद
उत्कृष्ट पार्श्व गायकः
प्रताप दास – फुल होइन काँडा – रोज
सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३
रुपक डोटेल – बनकी चरी – प्रसाद
उत्कृष्ट संगीतकारः
एलिश कार्की – रोज
बसन्त सापकोटा – नाइँ नभन्नु ल ५
दीपक शर्मा – छक्का पन्जा ३