काठमाडौं– राष्ट्रियसभाले विभिन्न मितिमा निधन भएका चार जना पूर्व सांसदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ।
राष्ट्रियसभाको आजको बैठकले संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म निधन भएका तत्कालीन नेकपा एमालेका तीन र नेपाली काँग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधनप्रति उक्त शोक प्रस्ताव पारित गरेको हो। तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएका हरि बैरागी दाहालको ६२ वर्ष र एमालेकै तर्फबाट संविधानसभामा समानुपातिक निर्वा्चित कमलाकुमारी घिमिरेको ५० वर्षको उमेरमा निधन भएको थियो।
नेकपा एमालेकैतर्फबाट प्रतिनिधिसभामा सदस्य रहेका रामलखन महतोको ६६ वर्ष र नेपाली काँग्रेसका तर्फबाट संविधानसभा सदस्य रहनुभएका रामेश्वर ढुङगेलको ५९ वर्षको उमेरमा निधन भएको थियो।
शोक प्रस्तावमा चारै पूर्वसांसदको प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पु¥याएको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। उनीहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो। राष्ट्रियसभाको अर्काे बैठक यही पुस ७ गते दिउँसो १ बजे बस्नेछ।