काठमाडौं– सञ्चारकर्मी समेत रहेका गायक सुरज पौडेलको नयाँ गीत ‘एल.ओ.भिई लभ’ सार्वजनिक भएको छ। विकास चौधरीको संगीत रहेको गीतमा शब्द पनि गायक पौडेललकै रहेको छ। गीतको एक आकर्षक भिडियो समेत छायाँङ्कन भएको छ।
जसको निर्देशन सञ्चारकर्मी कुमार आचार्यले गरेका हुन्। भिडियोमा विकास लामिछाने, श्रेया दुलाल र पुजन घिमिरे मोडलिङमा देखिएका छन्। रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियो विष्णु खड्काकाले सम्पादन गरेका हुन्।
https://www.youtube.com/watch?v=26TLXqkltj0