एजेन्सी– अस्ट्रेलियन बिग ब्यास लिग टी–२० क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हराउँदै प्रतियोगितामा शुखद शुरुवात गरेको हो।
मेनबर्नले दिएको १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन मात्रै बनायो। ब्रिसबेनका लागि टोम ब्यान्टोनले ६४ तथा । म्याट रेन्सले ३९ रन बनाए।
मेलबर्नका लागि आडम जाम्पाले तीन विकेट लिएसन्दीपले एक विकेट लिए। त्यसअघि मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ८३ रन बनाएका थिए। पिटर ह्यान्डस्कम्बले २०, हिल्टन कोर्टराइटले १८ रन जोडे।