काठमाडौं– राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ। राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा मनाउन पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने राप्रापाले जनाएको छ।
शुक्रबार बसेको बैठकले यो विषयमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने र संसदमा पनि आवाज उठाउने निर्णय गरेको छ भने केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भव्य रुपमा मनाउने भएको छ।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको समीक्षा,संगठन सुदृढिकरण लगायतका समीक्षा समेत गरेको छ।
