एजेन्सी– अमेरिकी शहर व्हाइटहलमा सात महिनाका बालक विलियम चार्ली म्याकमिलन मेयरमा चुनिइका छन्। सात महिनामै मेयर बनेर उनी विश्व रेर्कडको सूचीमा पर्न सफल भएका छन्।
मेयर पदको लागि चुनिएसँगै उनले व्हाइटहल कम्युनिटी सेन्टरमा बुबाआमाको काखमा बसेर शपथ ग्रहण गरेका छन्। उनको शपथ ग्रहण समारोहमा १५० जना उपस्थित थिए।
उनलाई गत अक्टोबरमा ग्राइएम्स काउन्टीको मेयर चुनिएको थियो। हरेक वर्ष व्हाइटहलको फायर स्वयंसेवक विभागको वार्षिक बीबीक्यू संकलन कार्यक्रममा मेयर चुनिएको हो। कार्यक्रममा मेयर पदको लागि बोली लगाइएको थियो। जसमा सबैभन्दा कम उमेरका चार्ली पनि सहभागी थिए।
उनलाई धेरैले समर्थन गरेपछि मेयर बनेका हुन्। यद्यपि, मेयरको काम भने वास्तविक मेयरले गर्ने गर्छन्। मेयर चयन हुँदा र शपथ लिँदा उनी निक्कै खुसी देखिएका थिए।