एजेन्सी– सन् २०२० को जनवरी ३१ देखि बेलायत युरोपियन युनियनबाट निस्किने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपियन युनियनबाट बाहिरिने प्रस्ताव बोरिस जोन्सनले संसदमा राखेका थिए। सो प्रस्ताव पारित भएलगतै बेलायत अब युरोपियन युनियनबाट बाहिरिने पक्का भएको हो।
जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिएका थिए। त्यसको विपक्षमा २३४ सांसदको मत परेको थियो। अर्थात बाहिरिने प्रस्ताव १२४ मतले अघि रह्यो। यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ।
बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले जानकारी दिए। जनवरी ७, ८ र ९ मा विधेयकमाथि संसदमा छलफल हुने भएको छ।