एजेन्सी– मिकेल अर्टेटा इंग्लिस क्लब आर्सनलको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनी आर्सनलका पुर्व खेलाडी तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक थिए।
आर्सनलले तीन साताअघि युनाई इम्रीलाईल बर्खास्त गरेको थियो। इम्रीको प्रशिक्षणमा आर्सनलले स्वभाविक गति लिन नसकेपछि उनलाई हटाइएको थियो। शुक्रबार क्लबले अर्टेटालाई ३ वर्ष ६ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
अर्टेटा १८९७ देखि आर्सनलका २० औं प्रशिक्षक हुन् । आर्सेनी विंगरले सबैभन्दा लामो समय २२ वर्ष आर्सनलको (१९९६–२०१८) समम प्रशिक्षक बनेका थिए । गतवर्ष मात्रै युनाई इम्री आर्सनलको मुख्य प्रशिक्षक बनेका थिए । तर, उनको प्रशिक्षणमा आर्सनलले स्वभाविक गति लिन नसकेपछि इम्री तीन साताअघि बर्खास्तीमा परेका थिए।
स्पेनिस क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर अर्टेटाले बार्सिलोनाको सिनियर टोलीबाट खेल्न नपाएपनि फ्रेन्च पेरिस सेन्ट जर्मेन (पीएसजी), रेन्जर्स, रियल सोसिडाड र एभर्टन हुदै आर्सनलबाटै व्यवसायिक फुटबल खेलेका थिए।
आर्सनलमा पाँच वर्ष (२०११–२०१६) सम्म खेलेका उनले त्यहाँ रहँदा एफए कप र कम्युनिटी शिल्ड जितेका थिए। अर्टेटाको प्रशिक्षणमा आर्सनलले शनिबार आफ्नो पुर्व क्लब एभर्टनसँग खेल्दैछ।