मकवानपुर– भ्रमण वर्ष २०२० का लागि प्रदेश ३ को सद्भावना दुतमा कीर्तिमानी खेलाडी गौरिका सिंह र पूर्व मिस नेपाल श्रृखंला खतिवडा नियुक्त भएका छन्। प्रदेश सरकारले उनीहरुलाई सद्भावना दुतमा नियुक्त गरेको हो।
गौरिका सिंह नेपालको सर्वाधिक सफल खेलाडी हुन्। उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण जित्दै कीर्तिमान रचेकी थिइन्। श्रृखंला खतिवडा मिस नेपाल २०१८ हुन्। उनी सामाजिक सेवामा सक्रिय छन्।