काठमाडाैं– १३ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि विभागीय टोलस नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले जितेकी छिन्। यससँगै उनी लगातार तेस्रो पटक च्याम्पियन बनेकी हुन्। यसअघिको दुई संस्करणमा पनि उनले उपाधि जितेकी थिइन्।
कान्छीमायाले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पुरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन्। पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ। नरेन्द्र सिंह रावल च्याम्पियन बनेका छन्। नरेन्द्रले निर्धारित दुरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्।