अर्घाखाँची– सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई पोषिलो खाना वितरण गरिएको छ। गर्भ परीक्षण गरेका आधारमा पोषण सामाग्री वितरण गरिएको हो।
गर्भवती र सुत्केरी महिलाललाई पोषण प्राप्त हुने सामाग्री अण्डा, चना, आयोडिन नुन र हरियो झण्डा वितरण गरिएको छ। महिलाहरुमा पोषणको मात्रा पूरा हुने भएकाले गर्भवती र सुत्केरी महिलाहरुका लागी वडा अध्यक्ष पोषण प्याकेज कार्यक्रमको सुरुवात गरेको वडा अध्यक्ष ईश्वरी प्रसाद भूसालले बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भूसालले पोषण सामग्री वितरण गर्दै स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडी बढेको बताएका छन् । वडामा रहेका सबै गर्भवती महिलालाई पोषण सामाग्री वडाले वितरण गर्ने जानकारी दिएका छन्।