एक समय थियो, बलिउड फिल्म इन्डस्ट्रीमा पाइला टेक्न पाउनु धेरैको लागि सपनाजस्तै मानिन्थ्यो। फिल्मी क्षेत्रमा सक्रिय व्यक्तिहरुका आफन्त बाहेक अरुले इन्डस्ट्रीमा भित्रिन धेरै संघर्ष गर्नुपर्थ्याे। अहिले फिल्मी दुनिँयामा कदम राख्नुभन्दा पनि टिकिराख्नु महत्वपूर्ण मानिन्छ। विभिन्न माध्यमबाट इन्डस्ट्रीमा छिर्नेहरुको क्रम बढ्दो छ। ब्याकग्राउण्ड डान्सरबाट बलिउडमा भित्रिएर प्रसिद्ध बनेका दश सेलीब्रेटीहरुको यहाँ चर्चा ग¥यौं।
१०) साहीद कपुर
साहीद कपुर हालैको फिल्म ‘कबिर सिङ’ बाट निकै चर्चामा आएका छन्। उनले आफ्नो फिल्म क्षेत्रको यात्रा ब्याकग्राउण्ड डान्सरको रुपबाट शुरु गरेका थिए। उनलाई करिश्मा कपुरको फिल्म ‘दिल तो पागल हे’ को गित ‘मुझको हे खबर’ र तालको ‘कहिँ आग लगे लग जाहेँ’ गितमा ब्याकग्राउण्ड डान्सरको रुपमा देख्न सकिन्छ।
दर्जनौं सुपरहिट चलचित्रमा मूख्य कलाकारको रुपमा काम गरेर साहीदले बलिउड फिल्म इन्डष्ट्रिमा एक छुटै पहिचान बनाउन सफल भएका छन्। ‘कबिर सिङ’, ‘पद्मावती’, ‘विवाह’ जस्ता फिल्महरु साहीदको सुपरहिट फिल्म हुन्।
९) शुसान्त सिङ राजपुत
शुसान्त सिङ राजपुतले फिल्मी दुनियाको यात्रा ब्याकग्राउण्ड डान्सरबाट शुरु गरेका थिए। बलिउडका युवा स्टार उनले रितिक रौसनको फिल्म धुम २ को गितमा नाचेका थिए। शुसान्तले स्टार पल्सको टेलीश्रृङ्खला ‘किस देशमे हे मेरा दिल’बाट आफ्नो करियरको सुरुवात गरेका थिए। ‘पिके, ‘एम एस धोनी’, उनका हिट चलचित्रहरु हुन्।
८) रेमो डि सौजा
रेमो डि सौजा फिल्म निर्देशक, कोरियोग्राफर, निर्माता र कलाकारको रुपमा प्रसिद्ध छन्। उनले ‘झलक दिख्ला जा’, ‘डि आई डि’ र ‘डान्स पल्स’ जस्ता रियालिटि डान्सिङ शोको निर्णायकको रुपमा पनि काम गरिसकेका छन्। बलिउडमा राम्रो प्रसिद्धि कमाएका रेमोले शाहरुख खानको फिल्म ‘प्रदेश’ गित ‘मेहेबुवा’ मा ब्याकग्राउण्ड डान्सरको रुपमा काम गरेका थिए।
ब्याकग्राउण्ड डान्सरबाट करियर शुरु गरेका रेमोले भारतमै पहिलो पटक ‘थ्रि डि डान्स’ चलचित्र ‘एनि वान क्यान डान्स’ (ए.बि.सि.डि) निर्देशन गरे। उक्त फिल्मले बलिउडमा धमकै मच्चाएको थियो।
७) दिया मिर्जा
सन् २००० मा ‘मिस एसिया प्यासिफिक’ को ताज जितेकी दिया मिर्जाले आफनो करियरको सुरुवात ब्याकग्राउण्ड डान्सरको रुपमा गरेकी थिइन्। उनले तेलुगु फिल्म ‘य स्वासा कर्ते’ को गीतमा ब्याकग्राउण्ड डान्सरको रुपमा काम गरेकी थिइन्। अहिले उनी भारतिय मोडल, कलाकार, निर्माता, समाजसेवी र सुन्दरताकी रानीको रुपमा प्रख्यात छिन्।
६) अर्सत वार्सी
सामान्य परिवारमा हुर्केका अर्सत वासीले १७ वर्षको उमेरमै घरघरमा गएर कस्मेटिक सामान बेचेर पैसा कमाउने गर्थे। उनको सानैबाट डान्समा रुचि थियो त्यसैले उनले बम्बइको अकबर समिको डान्स ग्रुपमा भर्ना भए। उनले ‘इण्डिया डान्स कम्पिटिसन’ पनि जितेका छन्। उनी फिल्मी क्षेत्रमा ब्याकग्राउण्ड डान्सरको रुपमा भित्रिएका थिए।
उनले जितेन्द्रको ‘हेल्प मि’ गितमा ब्याकग्राउण्ड डान्सरको रुपमा काम गरेका थिए। अहिले उनलाई अभिनेता, निर्माता, टेलिभिजन व्यतित्व, प्लेब्याक गायकको रुपमा चिनिन्छ। उनले काम गरेको ‘जोली एलएलबि’, ‘मुन्ना भाई’ फिल्महरु निकै उत्कृष्ट मानिन्छ।
५) डेइजी साह
डेइजी सलमान खानको फिल्म ‘तेरे नाम’ बाट फिल्म इन्डष्ट्रिमा भित्रिएकी थिइन्। ‘तेरे नाम’को गीत ‘लगन लगि’को ब्याक ग्राउण्डमा उनी नाचेकी थिइन्। भारतको मोडल, अभिनेत्री र डान्सरको रुपमा प्रख्यात डेइजीले ‘हेट स्टोरी ३’, ‘राम रतन’, ‘रेस ३’ जस्ता फिल्महरुमा अभिनय गरेकी छिन्।
४) फराह खान
फराहले गोविन्दको फिल्म ‘सधा सुहागन’को गित ‘हम हे नाजवान’ मा ब्याकग्राउण्ड डान्सर भएर नृत्य गरेकी थिइन्। फराह एक भारतीय चलचित्र निर्देशक, निर्माता, अभिनेत्री र नृत्य निर्देशक हुन। उनलाई बलिउड चलचित्रको म्युजिक कोरियोग्राफरको रुपमा चिनिन्छ। उनले ८० भन्दा बढी चलचित्रका १०० गीतहरूमा कोरियोग्राफी गरिसकेकी छिन्।
३) सरोज खान
भारतको चर्चित नृत्य निर्देशक सरोज खानको वास्तविक नाम निर्मला नागपल हो। उनले चलचित्र ‘हौरा ब्रिज’को गित ‘यइसा मेहेरवान’मा नुत्य गरेर बलिउडमा आफ्नो पाइला टेकेकी हुन्। यस फिल्मको मूख्य भुमिकामा मधुवाला र असोक कुमार रहेका थिए। उनको नृत्य निर्देशन रहेको ‘ए.बि.सि.डि’, ‘हम हे बेमिसाल’ जस्ता फिल्महरु सुपरहिट मानिन्छन्।
२) रनविर सिङ
रनविर सिङ अहिले बलिउडका सर्वाधिक सफल कलाकार मानिन्छन्। अभिनेत्री दीपीका पादुकोणको श्रीमानसमेत रहेका रणवीरले फिल्म ‘कभि खुसी कभि गम’ गितको ब्याकग्राउण्डमा नाचेर फिल्मी दुनियाँमा इन्ट्रि गरेका थिए।
भारतका चर्चित र महङ्गा अभिनेता रनविरले अभिनय गरेको ‘पद्मावत’, ‘गली बोई’ ‘सिम्बा’ जस्ता फिल्मले राम्रो चर्चा कमाएका छन्। यी फिल्महरुमा रनवीरले गरेकोे दमदार अभिनयले उनलाई छुट्टै पहिचान दिलायो।
१. दिपीका पादुकोन
दिपीकाले आफ्नो करियरको सुरुवात ब्याकग्राउण्ड डान्सरको रुपमा नै शुरु गरेकी थिइन्। ब्याट्मिन्टन खेलाडीको छोरी दिपीकाले बलिउडमा आउन धेरै सङघर्ष गर्नुप¥यो। लिरिल साबुनको विज्ञापनमा काम गरेसँगै उनले फिल्मी दुनियामा इन्ट्री गरिनु। अहिले उनी भारतको महङ्गी नायिका बनेकी छिन्।
साथै उनी निर्माता पनि हुन्। उनले ‘मनमाढुंडु’ नामक तेलुगु फिलम पनि खेलेकी छिन्। ‘ये जवानी हे दिवानी’, ‘पदमावत’, ‘ओम शान्ती ओम’ जस्ता सुपर हिट फिल्महरुमा उनले अभिनय गरिसकेकी थिइन्। दिपीकाले बलिउडमा मात्र नभएर हलिउड फिल्म इन्डस्ट्रीमासमेत पाइला टेकीसकेकी छिन्।