एजेन्सी– ‘ज्याकब फग्गर’ जर्मन ब्यांकर तथा व्यापारी जो ‘द रिच वान’ नामले चिनिन्छ। यदि आजसम्म पनि यनी जीवित हुन्थे भने उनी वर्तमानमा विश्वकै सर्वा्धिक धनी मानिने अमेजन कम्पनीका मालिक जेफ बेजोसभन्दा चार गुणा धनी हुने थिए। अहिलेको विश्वका चार सर्वा्धिक धनी व्यक्तिहरू जेफ बेजोस, बिल गेट्स, बर्नार्ड आर्नोउल्ट र वारेन बफेटको कूल सम्पत्ति जोड्दा पनि ज्याकब फग्गरको बराबर हुने थिएन्।
ज्याकबका जीवनीकार तथा वालस्ट्रिट जर्नलका पूर्व सम्पादक ग्रेग स्टाइनमेट्जका अनुसार यी जर्मन ब्यांकर तथा व्यापारीलाई ‘द रिच वान’ नामले चिनिन्थ्यो। उनले सन् १४५९ देखि १५२५ सम्म यति धेरै सम्पत्ति कमाएका थिए जुन आजको मूल्यमा ४ खर्ब अमेरिकी डलर बराबरको हुन्थ्यो।
सन् २०१५ मा प्रकाशित आफ्नो किताब ‘द रिचेस्ट म्यान हू एभर लिभ्ड’मा ग्रेगले ज्याकबलाई इतिहासका सबैभन्दा धनी व्यक्ति भनेका छन्। पुर्नजागरण कालका धनाढ्य ज्याकोब विश्व इतिहासकै सर्वा्धिक शक्तिशाली ब्यांकर हुन्। उनले आफ्नो समयमा आफ्नो सम्पत्तिका कारण रोमन साम्राज्य तथा पोप हल्लाउने तागत राख्दथे।