सिरहा – शीतलहरसँगै बढेको जाडोले केही दिन यता तराईको जनजिवन प्रभावित भएको छ। शीतलहरले गर्दा विद्यालयका बालबालिकाहरु, दैनिक मजदुरी गरेर जीविका चलाउने मजदुर, वृद्धवृद्धा तथा दलित बस्तीका दलितहरुलाई बढी असर पारेको छ।
चिसो बढेसँगै स्थानीय अस्पताल तथा स्वास्थ्य चौकीहरुमा डाइरिया, निमोनिया, रुघाखोकी र दम जस्ता रोगका बिरामीहरुको चाप बढ्न थालेको पोली क्लिनिकका डाक्टरहरुले बताए।
बिहानैदेखि बाक्लो हुस्सुसँगै चल्ने गरेको शीतलहरका कारण बढेको चिसोले सिरहाका लहान बजार, सुखीपुर बजार लगायत अन्य तराइका जिल्लाहरुमा स्थानीयवासीहरु घरबाहिर निस्कीन नसकेर बजारहरुमा चहलपहल पातलिएको छ।
आकाशमा दिनहुँ लाग्ने बाक्लो हुस्सुसँगै हुने शीतलहरका कारण आलु, प्याज, तोरीलगायतको हिउँदे बालीमा प्रतिकूल असर पु¥याएको नयाँ नेपाल साना किसान कृषि सहकारी संस्था लिमिटेड सुखीपुरका अध्यक्षले बताए।