काठमाडौ– नेकपाले उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराउने भएको छ।
प्रतिनिधिसभाले सभामुख पाउन एक साता लाग्ने भएको छ। शुक्रबार सम्पन्न संसदको बैठक अर्काे शुक्रबारको लागि तय गरिएको छ।यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया शुरु हुने नेकपा स्रोतले जनाएको छ।
प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ।
उपसभामुखले अर्काे संसद बैठक अगावै राजीनामा दिइसक्ने श्रोतले जनाएको छ।