पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन वारीयर्स र विराटनगर टाइटन्सबीचको खेल जारी छ। खेलमा काठमाडौंले विराटनगरलाई १ सय ६० रनको लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको हो। उसका लागि जयकृष्ण कोल्सवालले ५५ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ले ४५ रनको योगदान दिए।
विराटनगरको बलिङमा प्नित मेहराले २ विकेट लिए भने किशोर महतो, जितेन्द्र मुखिया र नोमन खानले समान एक एक विकेट लिए।