काठमाडौ– सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले बताएका छन्। असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने उनले बताए।
लायन्स क्लब काठमाडौँ लर्डबुद्धले आयोजना गरेको ‘क्यारेक्टर ह्याण्डओभर’ कार्यक्रममा उनले क्लबले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताए।
“स्वार्थबाट प्रेरित भएर समाज सेवा हुन सक्दैन”, उनले भने ,‘सत्कर्मले नै व्यक्तिलाई अब्बल बनाउने हो।’
रेग्मीले देशमा विकास र समृद्धिको यात्रालाई सहज बनाउन प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बताए।लर्डबुद्धका अध्यक्ष हरि अधिकारीले क्लबले दूरदराजसम्म पुगेर दुःखी गरीबको घाउको मलमपट्टि लगाउने काम गरिरहेको बताए। रासस