काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबविरुद्ध जावलाखेल युथ क्लब विजयी भएको छ। यो प्रतियोगितामा जावलाखेलको पहिलो जित हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा जावलाखेलले सरस्वती क्लबलाई १– ० गोल अन्तरले पराजित गरेको हो। जावलाखेललाई जिताउन विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले एकमात्र गोल गरेका थिए।
पहिलो खेलमा जावलाखेलले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो।