एजेन्सी–बेलायती संसदले आगामी जनवरी ३१ सम्म युरोपेली यूनियनबाट बर्हिगमन हुने प्रधानमन्त्री बोरिस जोन्सनको योजनालाई समर्थन गरेको छ।संसदले ईयूबाट बहिर्गमन हुने सम्झौतासम्बन्धी विधेयकको पक्षमा मतदान गरेको हो। विधेयकको पक्षमा ३ सय ५८ र विपक्षमा २ सय ३४ मत परेको छ।
संसदले विधेयकमाथि थप तीन दिनसम्म छलफल गर्ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री जोन्सनले बे्रक्जिटलाई कार्यान्वयन गर्ने दिशामा थप एक कदम अघि बढेको प्रतिक्रिया दिएका छन्।गत हप्ता सम्पन्न आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिव पार्टीलाई बहुमत मिलेपछि बे्रक्जिट विधेयक सजिलैसंग पारित हुने देखिएको छ।
सरकारले ब्रेक्जिटको लागि तय जनवरी ३१ को समयसीमा भन्दा पहिला नै विधेयकलाई कानुनी रुप दिने जनाएको छ।