एजेन्सी– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गोरखामा भीमसेन थापाको शालिक अनावरण गरेका छन्।
गोरखा नगरपालिका वडा नम्बर ४ मा पिपलथोकमा गोरखा नगरपालिकाले निर्माण गरेको पार्क्भित्र रहेको पूर्वमुख्तियार (प्रधानमन्त्रीसरह) समेत रहेका राष्ट्रिय विभूति थापाको पूर्णकदको शालिक शनिबार अनावरण गरिएको हो।
गोरखा नगरपालिकाले ऐतिहासिक पर्यटन विकासमा जोड दिनका लागि थापाको शालिक निर्माण गरी पार्कमा राखिएको जनाएको छ। उक्त शालिका पाँच फिट अग्लो छ।
नगरपालिकाले २२ लाख ८४ हजार रूपैयाँ शालिक निर्माणमा खर्च गरेको छ। गोरखा दरबार आएका पर्यटकलाई त्यहाँबाट नजिकै रहेको भीमसेन पार्कसम्म लैजाने आफूहरूको तयारी रहेको मेयर राजनराज पन्तले बताए।
सन् १८०६ मा रणबहादुर शाहको हत्या उनका सौतेनी भाइ शेरबहादुर शाहले गरेपछि भीमसेन थापाले ९३ जनाको हत्या गरी आफैं मुख्तियार बनेको इतिहास छ। थापाको ६४ वर्षको उमेरमा सन् १८३९ मा मृत्यु भएको थियो।