पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा विराटनगर टाईटन्सविरुद्ध काठमाडौं गोल्डेन वारियर्स विजयी भएको छ। शनिबार भएको खेलमा काठमाडौंले विराटनगरलाई ३६ रनले पराजित गरेको हो।
पोखरा रंगशालामा काठमाडौंले दिएको १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.४ ओभरमा १ सय २३ बनाउँदै अल आउट भयो। उसका लागि विराटनगरका पुनित मेहेराले ५३ रनको अर्धशतकीय पारी खेले। यस्तै कप्तान प्रदिपले २९ रन जोड्दा नोमन खानले २५ रन बनाए।
काठमाडौंको बलिङमा सुबोध भाटीले ३ तथा बसन्त रेग्मी र अमर सिंह रौटेलाले २–२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो।
उसका लागि लागि जयक्रिशन कोल्शावालाले ५५ रनको अर्धशतकीय पारी खेले भने कप्तान ज्ञानेन्द्रले ४५ रन जोड्दा अमित श्रेष्ठले १७ रन बनाए। विराटनगरको बलिङमा लागि पुनित मेहेराले २ विकेट लिए।