एजेन्सी– होन्डुरसमा जेल भित्रै कैदीहरूको दुई समूहबीच झडप हुँदा १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
सरकारी अधिकारीको अनुसार घाइतेहरूको तेला सहरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो। १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो। घटनालाई स्थानीय सञ्चारमाध्यमहरूको अनुसार फरक फरक समूहका कैदीबीच भएको विवादका कारण भएको हिंसात्मक घटना हो।
हाल घटनास्थल प्रहरीको नियन्त्रणमा आइसकेको र थप सम्भावित आक्रमण हुन नदिन सावधानी अपनाइएको होन्डुरस प्रहरीले जानकारी दिएको छ।