एजेन्सी– इंग्ल्याण्डका फुटबलर तथा वेष्ट ह्यामका लेजेन्ड्री खेलाडी मार्टिन पिटर्सको ७६ बर्षको उमेरमा निधन भएको छ। उनी सन् १९६६ को विश्वकपको फाइनलमा इंग्ल्याण्डका लागि गोल गर्ने खेलाडी हुन्।
पिटर्स १५ बर्षको उमेरमा वेष्टह्याममा अनुबन्ध भएका थिए। उनले त्यहाँ ११ बर्ष विताएका थिए। त्यसपछि बेलायतको पहिलो २ लाख पाउण्ड पाउने खेलाडी बनेका उनी १९७० मा टोटनह्याममा अनुबन्ध भएका थिए। पिटर्सको निधनमा सारा खेल जगत स्तब्ध बनेकोे छ। उनको निधनप्रति फुटबल खेलाडी तथा उनका समर्थकहरुले गहिरो दुःख व्यक्त गरेका छन्।
पिटर्सले युरोपियन कप, यूएएफए कप, दुई वटा लिग कप जितेका थिए। १९८१ मा उनी पाँच बर्ष नोर्विचमा विताएपछि सेफिल्डमा स्थानान्तरण भएका थिए।