काठमाडौँ– मोबाइल निर्माता कम्पनी नोकियाले ‘नोकिया २.३’ स्मार्टफोन सार्वजनिक गरेको छ। नेपालका लागी नोकियाको आधिकारिक बिक्रेता टेलिटक प्रालीले उक्त स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको हो।
उक्त स्मार्टफोनमा ६.२ एच डी प्लस स्क्रिन, डुअल क्यामरा र दुई दिनसम्म टिक्ने शक्तिशाली ब्याट्री रहेको छ। आर्टि्फिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित डुअल क्यामेरा रहेको नोकिया २.३ मा रेकमन्डेड सट फिचर समावेश छ। जसमा १३ मेगापिक्सेल प्राइमरी सुटर तथा दुई मेगापिक्सेलको डेप्थ सेन्सर राखिएको छ । अगाडि पट्टी पाँच मेगापिक्सेलको वाटर ड्रप नचमा सेल्फी सुटर छ।
एन्ड्रोइड टेनमा आधारित यो मोबाइलमा तीन वर्षसम्म मासिक रुपमा सेक्युरिटी अपडेट तथा दुई वर्षसम्म एन्ड्रोइड अपडेट समेत सुनिश्चित गरिएको कम्पनीले जनाएको छ।
हेलियो ए २२ क्वाड कोर प्रोसेसर प्रयोग गरिएको मोबाइलमा दुई जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहेको छ। मेमोरीकार्डमार्फत स्टोरेजलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ।
नेपालमा यो स्मर्टफोनको मूल्य ११ हजार ९९९ रुपैयाँ तोकेको बिक्रेता टेलिटकले जनाएको छ।