एजेन्सी– चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले आगामी २०२० मा कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने भएको छ। हालै बेईजिंगमा आयोजित ५जी फ्यूचर सालोन नामक कन्फ्रेन्समा शाओमी ग्रुपका टेक्निकल कमिटी निर्देशक होङ्ग वेईले ५जी स्मार्टफोनहरुको बारेमा जानकारी दिएका हुन्।
कम्पनीले यो वर्ष ड्यूल इन्जिन स्ट्राटेजी आगामी ५ वर्षको लागि तयार गरेको उनले जानकारी दिए। उनले ५जी डिभाइरहरुको बारेमा जानकारी दिँदै आईओटीले स्मार्ट इन्टरकनेक्सन गर्ने बताए। ‘सूपर इन्टरनेटको समयमा आईओटीले ५० अर्ब भन्दा बढि डिभाइसहरु जोडिनेछ,’ उनले भने।
उनकाअनुसार शाओमीको आईओटी प्लेटफर्ममा जुन ३०, २०१९ समममा १९ करोड ६० लाख डिभाइसहरु जोडिएका छन्। कम्पनीले आईओटीबाहेक आगामी वर्ष कम्तिमा १० वटा फरक रेन्जका ५जी स्मार्टफोनहरु लन्च गर्ने तयारी गरेको उनले जानकारी दिए।