एजेन्सी– बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबोर्न स्टार्सले दोस्रो जित निकोलेको छ। आइतबार भएको खेलमा मेलबोर्नले होबर्ट हुरीकेन्सलाई ५२ रनले हराएको हो।
मेलबोर्नले दिएको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएकाे होबर्टले १६ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनायो। होबर्टको लागि क्लिभ रोजले १८ बलमा ३२ रन तथा क्यालेब जेवेलले २५ रन बनाए। मेलबोर्नको बलिङमा हरिस राउफले ४ ओभरमा २७ रन दिँदै ५ विकेट लिए। नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने १ विकेट लिए। त्यसक्रममा उनले ३ ओभरमा १८ रन खर्चिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मेलबोर्नले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। उसका लागि मार्कस स्टोइनिसले ५४ बलमा ८१ रन तथा निक म्यमड्डिसनले ३९ बलमा ४० रन बनाए। होबर्टको बसलङमा रिले मेरेदिथले ३ विकेत तथा क्विस अहमदले १ विकेट लिए। जितसँगै २ खेलबाट ४ अंक जोड्दै मेलबोर्न तालिकाको दोस्रो स्थानमा छ।