काठमाडौं– चलचित्र ‘सम्झना विर्सना’ मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा पाको उमेरको भूमिकामा देखिएका छन्। योसँगै चलचित्रको दृश्यको छायाँङ्कन सकिएको छ। अब गीतको मात्र छायाँङ्कन बाँकी रहेको नायिका पूजा शर्माले जानकारी दिइन्।चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका रहेको छ। चलचित्रको क्लाइमेक्समा पूजा र आकाशलाई पाको उमेरमा देखाइएको छ। चलचित्रलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। आदित्य प्रधान र रेविका प्रधान यो चलचित्रका निर्माता हुन्।
चलचित्रको छायाँङ्कन सिलगुडी, दार्जिलिङ्ग र सिक्किममा गरिएको छ। पूजाले सामाजिक सञ्जालमा फोटो शेयर गर्दै वर्ष भन्दा पनि खुशी चिन्न आवश्यक रहेको लेखेकी छिन्। पूजा र आकाशको जोडीले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ तिहारमा रिलिज भएको थियो। यो जोडीले अभिनय गरेको अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ रिलिजको लागि तयार छ। पछिल्लो समय निकै रुचाईएको यो जोडी एक पछि अर्को सिनेमामा लगातार देखिएका छन्।