एजेन्सी– हालै स्पोर्टस साइट विजडनले ओडिआई टिम अफ डिकेड सार्वजनिक गरेको छ। उक्त टीममा ११ जना खेलाडीको छनोट गरिएको छ, जसमा ३ जना भारतिय खेलाडी पनि पर्न सफल भएका छन्। छनोट भएका खेलाडीहरुमा भारतका कप्तान विराट कोहली, ओपनर ब्याटस्म्यान रोहित शर्मा र विकेट किपर–ब्याटस्म्यान तथा पुर्व कप्तान एम एस धोनी रहेका छन्।
यो दशकको बेस्ट वानडे टिममा रोहित शर्मा ओपनरको लागि छानिएका हुन् भने विराट कोहलीलाई तेस्रो नम्बरको ब्याटस्म्यानको लागि टीममा सामिल गरिएको हो। त्यस्तै महेन्द्र सिंह धोनी विकेट किपर–ब्याटस्म्यानको लागि छानिएका हुन्। उनले छैटौ नम्बरमा ब्याटिङ गर्नेछन्। टीममा दोस्रो ओपनरको लागि अष्ट्रेलियाका हिटर डेविट वार्नरलाई सामेल गरिएको छ। विराट भने हिटर पछि तेस्रो नम्बरमा छन्।
विजडनको बेस्ट दशक वानडे टिमको चौथो नम्बरमा दक्षिण अफ्रिकाका ब्याटस्म्यान एबी डिविलियर्सलाई राखिएको छ। उक्त टिममा इङ्गल्याण्डका जोस बटलरले स्थान बनाउन सफल भएका छन्। त्यसैगरी बंगलादेशका अलराउण्डर शाकिब अल पनि यस टिममा परेका छन्।
यो टिमको बलरहरुमा श्रीलङ्काका बलर लसिथ मलिङ्गा, दक्षिण अफ्रिकाका डेल स्टेन, न्यजील्याण्डका ट्रेट बोल्ड र अष्ट्रेलियाका मिचेल स्टार्क रहेका छन्। स्पिनरको लागि एक जना बलर शाकिब अल रहेका छन् र उनलाई नै टिमको अलराउण्डरको रुपमा राखिएको छ। टिममा चार जना फास्ट बलरलाई स्थान दिइएको छ।