सुनसरी– प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा ठूलो परिमाणमा हतियारमा लाग्ने गोली बरामद गरेको छ। सुनसरी प्रहरीले माटोमुनि लुकाएर राखेको अवस्थामा अत्याधुनिक हतियार एसएलआरमा प्रयोग हुने करिब ९ हजार गोली बरामद गरेको हो।
विष्फोटक पदार्थ रहेको सूचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित पुगेको प्रहरीले खानतलासी गर्दा स्थानीय एक व्याक्तिको घर नजिकै माटोमुनि गाडेर राखेको अवस्थामा गोली बरामद गरेको हो।
बरामद गोली खियाँ लागेको अवस्थामा छन्। प्रहरी स्रोतका अनुसार हतियार तत्कालीन माओवादी आन्दोलनका बेला लुकाएको हुनसक्ने बताएको छ।