एजेन्सी– एप्पलले अण्डर दि डिस्प्ले अप्टिकल इमेज सेन्सरको पेटेन्ट राखिने प्रविधिमाथिको अधिकार पाएको छ। यसरी डिस्प्ले भित्रै फिंगरप्रिन्ट सेन्सर राख्ने अधिकार पाएसँगै एप्पलको आगामी उत्पादनहरु बायोमेट्रीक हिसाबले थप सुरक्षित हुने जनाएको छ।
अप्टिकल इमेज सेन्सरले प्रयोगकर्ताका बायोमेट्रिक डाटा पहिचान गर्नेछ। एप्पलले यस अघि नै आईफोन एक्स लन्च गरेसँगै टच आइडी फिंगरप्रिन्ट सेन्सर ल्याउने अनुमान गरिएको थियो। तर पेटेन्ट नहुँदा उक्त कार्यमा ढिलाई भएको थियो।
अब भने कम्पनीले त्यसलाई प्रयोगमा ल्याउने उल्लेख गरिएको छ। सन् २०२०मा आइफोन १२ लन्च गर्ने तयारीमा रहेको एप्पलले उक्त फोनमा डिस्प्ले भित्रै फिंगरप्रिन्ट सेन्सर समावेश हुन सक्ने अनुमान गरिएको छ।