कपिलवस्तु — कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा प्रभु बैंकको २०२ औं शाखा सञ्चालनमा आएको छ।
नयाँ शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका थिए। योसहित बैंकको कुल एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटियमको संख्या १ सय ५२ पुगेको जनाइएको छ।
यस्तै स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा तौलिहवा शाखा कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ बैंकले जनाएको छ।