काठमाडौं– पछिल्लो समयमा नेपाली गीत संगीतको नयाँ प्रगति भनेको नै प्रतिष्ठानको आफ्नै भवन बन्नु हो। नेपाल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ को सातौं अधिवेशनबाट अध्यक्ष्य पदमा निर्वाचित भएका रमेश वि.जी.ले आईताबार लोकदोहोरी गीत प्रतिष्ठानको भवनमै आयोजित कार्यक्रममा निवर्तमा अध्यक्ष्य वद्री पंगेनीबाट प्रतिष्ठानको सम्पूर्ण हिसाब बुझेका छन्।
सो कार्यक्रममा बोल्दै अध्यक्ष्य वि.जी.ले अब लोक दोहोरी गीतमा छिट्टै सेन्सरको शुरुवात गर्ने बताए। जसमा यस क्षेत्रका विज्ञ व्यक्तिलाई राखिनेछ। नेपाल सरकारबाट पारित नभएसम्म हामीले आन्तरिक रुपमा नै लोकदोहोरीलाई गर्नेछौं।’ नेपाली लोक तथा दोहोरी सँग सम्बन्धित रहेका हरेक श्रष्टा र सर्जकले गीत सार्वजानिक गर्नु पूर्व सेन्सर गर्नु पर्ने अध्यक्ष्य वि.जी.ले बताए।
सेन्सर नगरी सार्वजानिक गरेको खण्डमा त्यस्ता ब्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउने भन्दै उनले कडा चेतावनी दिए। वि.जी.ले थपे ‘हामीले सेन्सर गरेपछि भिडियोको शुरुमा सेन्सर गरेको तस्विर हाल्न लगाउँछौं। यदि अडेर गरेर भिडियो सार्वजानिक गरेको पाईएमा कारवाही हुन्छ।’ पछिल्लो समय लोकदोहोरी गीतमा धेरै विकृति फैलिएको छ। त्यो त्यो विकृतिलाई अन्त्य गर्ने गर्नमा प्रतिष्ठान लागि पर्ने वि.जी.ले बताए।