काठमाडौं– ‘नेपाल संगीत उद्योग संघ’ ले यही मङ्सिर ३० गते ‘नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान’ मा वितरण गरेको अवार्डमा मनपरी भयो भन्दै लोकदोहोरी क्षेत्रकी दुईजना गायिका तिर्सना घर्ती मगर सिता थापा मिडियामा आएका छन्। करिब १०, १२ बर्षदेखि सक्रिय रुपमा गीत संगीत योगदान दिएकी यी गायिकाहरु यो अवार्ड कार्यक्रममा उत्कृष्ट ५ गायिकाको नोमिनेशनमा परेका थिए। उनीहरुले दिएको जानकारी अनुसार अवार्ड वितरण कार्यक्रममा अन्तिमसम्म बस्दा पनि हाम्रो नोमिनेशनको गीत बजेन, र शो विधाको अवार्ड उत्कृष्ट ५ मा नोमिनेशनमा परेका गायिकाहरुलाई दिइएन भन्दै आवाज उठाईरहेका छन्।
अझ अचम्म लाग्ने कुरा के छ भने लोकदोहोरी क्षेत्रकी बरिष्ठ गायिका बिमाकुमारी दुरालाई समेत उत्कृष्ट ५ गायिकाको रुपमा नोमिनेशनको प्रमाण पत्र वितरण गरेर अवार्डको घोषणा नगरी बिमाकुमारी दुरालाई दिईसक्यौं भन्नु कस्तो लज्जास्पद कुरा? यो बिषयमा हामीले बरिष्ठ लोक गायिका बिमाकुमारी दुरा र उहाँहरु दुबैजनालाई एकसाथ राखेर बुझ्दा अवार्डको बारेमा नोमिनेशन पत्र लिएपछि मलाई कुनै जानकारी नआएको गायिका दुराले बताईन्।
यसको बारेमा बुझ्न खोजेकी गायिका तिर्सना र सितालाई बिमाकुमारी दुरालाई दिईसकेको भन्ने यो आयोजकको कतिसम्मको जायज कुरा हो भन्दै तिर्सना निकै आवेगमा आईन्। हामीलाई यति ठूलो अन्याय हुँदा समेत कसैले यो बिषयमा आवाज नउठाई दिएकोमा उनीहरुको गुनासो छ। ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ का अध्यक्ष्य रमेश वि.जी.लाई खबर गर्यौ, केही मिडियालाई पनि भन्यौं पिंडितको आवाज सुन्ने यो देशमा कोही पनि छैन। हामी माथिको यो हेपाहा र अपमान व्यवहार देख्दा यो क्षेत्रमा व्यर्थै दौडिरहेका रहेछौं भन्दै उनीहरुले गहभरी आशु बनाईन्।
गायिका सिताले भनिन्, ‘बिमाकुमारी दुरा दिदीले पुरस्कार लिईसकेको भनेर हामीलाई चुप लगाउँने प्रयास गरेको कारण आज दिदीलाई प्रत्यक्ष्य भेटेर बुझ्न पाउँदा खुशी लागेको छ।’ यो बिषयमा कसरी चुप लाग्ने हामीलाई असहिय पिंडा भएको छ। जसले पाएपनि उत्कृष्ट ५ मध्येको एकजनाले पाउनु पर्ने र सो नोमिनेशनमा परेको गीत त्यहाँ बज्नु पर्ने उनीहरुको दावी छ।