दाङ_ पानीमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका(१ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुईजना बालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका छन्।
खेल्ने क्रममा बालक पानीमा डुबेको प्रहरीले जनाएको छ। (रासस