तनहुँ– प्राविधिक शिक्षा अध्ययन गरिरहेका तनहुँको भानु नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको छ। नगरपालिकाको आर्थिक वर्ष ०७६–७७ को सामाजिक समावेशी कार्यक्रमअन्तर्गत महिलातर्फको विपन्न, जेहेन्दार बालिकालाई छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय, भानु संस्कृत माध्यमिक विद्यालय, चोक माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयबाट अध्ययनरत १६ जना प्राविधिकतर्फका छात्रालाई जनही रु नौ हजार ३७५ का दरले रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए।
रासस