एजेन्सी– इराकमा फेरि इश्लामिक स्टेट आइएस संगठित हुँदै गएको छ। दुई वर्षअघि नै त्यहाँबाट आइएस थान्को लागेको बताएको थियो। कुर्दिश र पश्चिमी गुप्तचर अधिकारीहरुले बीबीसीलाई बताएअनुसार आइएसका आक्रमण पछिल्लो समयमा बढ्दै गइरहेका छन्।
लडाकुहरु अहिले बढी नै अत्याधुनिक भएर आएका छन्। उनीहरु अलकायदा भन्दापनि खतरनाक भएको जनाइएको छ। कुर्दिस काउन्टर टेरोरिज्म अफिसियल लाहुर तालाबानीले भने।
‘‘उनीहरुको अझ राम्रो प्रविधि र पैसा पनि बढी जम्मा गरेको पाइएको छ’’ उनले भने,‘‘उनीहरुले सवारी साधन पनि किनिरहेका छन्। हतियार, खाद्यान्न र प्रविधिहरु ल्याइरहेका छन् । प्रविधिका हिसाबले उनीहरु अझ बलियो भएका छन्। बीबीसी