एजेन्सी– भारतको उत्तरपूर्वी दिल्लीको किराडी इलाकामा रहेको कपडाको एक गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ। १० जना भन्दा बढी मानिस घाइते भएका छन्।
आगो गएको मध्यरातमा लागेको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली फायर सर्विसले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। सबै घाइतेलाई आसपासको अस्पताल र सञ्जय गान्धी मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।
हालै मात्र उत्तरी दिल्लीको एक प्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो। रानी झाँसी रोडको अनाज मन्डीस्थित फयाक्ट्रीमा आगलागी भएको बेलामा सबै मजदुर सुतिरेहेका थिए। बीबीसी