एजेन्सी– भारतको तेलंगानाको नागरकुरनूल जील्लाको अछमपेट अस्पतालमा एक महिलाको डेलीभरी गर्ने क्रममा नवजात बच्चाको टाउको मात्र चिकित्सकको हातमा आएको छ भने जीउ आमाको गर्भमा नै छुटेको छ।
नागरकुरनूल जिल्लाको नादिमपल्ली गाउकी २३ वर्षीय स्वाति गर्भवती थिइन्। उनलाई १८ डिसेम्बरमा अछमपेट अस्पतालमा भर्ना गरिएको थियो। उनलाई चिकित्सकले सामान्य डेलिभरी हुन्छ भनेसँगै उनकाे स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताएका थिए।
तर स्वातीका अनुसार डाक्टरले पहिला उनलाई अछमपेट अस्पताल इन्जेक्शन लाइदियो। त्यसको केही बेरमै उनकाे अवस्था बिग्रिदै गएको भन्दै हैदराबादको पेटलाबुर्ज मैटरनिटी अस्पतालमा रिफर गरिएकाे बताइन्।
स्वातिले भनिन्, ‘पेटलाबुजमा डाक्टरले मलाई देखेपछि परिवार र मेरो श्रीमानलाई अछमपेट अस्पतालमा नर्मल डेलीभरी होइन् सीजेरिया गराएको थियो त्यसैले बच्चाको टाउको काटिएको छ र शरिर अझै पेटमै छ।’
सीजेरिया पछि हैदराबादको पेटलाबुर्ज अस्पतालको डाक्टरले स्वातिको गर्भबाट बाँकी बसेकाे बच्चाकाे शरीर शल्यक्रिया गरेर निकालेकाे छ।