जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ शुक्रबारे बजारको सडकमा सोमबार(आज) बिहान भेटिएको शंकास्पद बस्तु डिस्पोज गरिएको छ।
प्रहरीले शंकास्पद बस्तु फेला परेपछि सडकमा आवतजावत बन्न गरेर बम डिस्पोजल टोलीलाई बोलाएको थयो। सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको थियो। तर खोलेर हेर्दा हेर्दा त्यसभित्र हाडका केही टुक्रा र मसिना तारहरु फेला पारेको छ।
सर्वसाधारणमा त्रास फैलाउन यस्तो वस्तु राखिएको हुनसक्ने जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएको छ।
जनकपुरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएका थियो। त्यसता दर्जन बढी स्थानमा यस्ता शंकास्पद वस्तु फेला परेका छन्।