काठमाडौं– मिस नेपालको शुरुवात पछि नेपालमा थुप्रै मिस अवार्ड कार्यक्रमहरु भईरहेका छन्। पुस ५ गते शनिबार धरानको सहभागृहमा आयोजना भएको ‘मिस पूर्वाञ्चल’ को दशौं सस्ंकरणमा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रीजु भट्टराइले उपाधि जितेकी छिन्। उत्कृष्ट १२ हुँदै उत्कृष्ट ५ मा पुगेकी रीजुले मुख्य निर्णायक गायक दीप श्रेष्ठको ‘नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन हामीले गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो?
भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन्। उनले भनिन्, ‘भ्रमण बर्ष २०२० सफल पार्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई सुधार्नु हो। हामी हिमाल, पहाड वा तराई जहाँको भए पनि पर्यटन प्रवद्र्धन गर्न आफ्नो कर्तव्य पालना गर्न भुल्नु हुँदैन।’यो प्रतियोगिताको फस्ट रनरअपको उपाधि एन्जल राइले जितिन्। उनले ‘मिस मल्टिमिडिया र फोटोजेनिक’ विधामा पनि अवार्ड प्राप्त गरिन्। यस्तै, सेकेन्ड रनरअपको उपाधि भने धरानकी सिम्रन लिम्बुले जितिन्।
यो कार्यक्रममा नायिका मिरुना मगर, कोरियोग्राफर जयनसुब्बा मानन्धर, सिम्रन श्रेष्ठ, प्रियारानी लामालाई आयोजक संस्था सिल्भर इन्टरटेन्मेन्टले सम्मान गरेको थियो। यो प्रतियोगीताको निर्णायकको रुपमा गायक दिप श्रेष्ठ, गायक विवेक श्रेष्ठ, नायिका मिरुना मगर, कोरियोग्राफर जयनसुब्बा मानन्धर, डाक्टर सरुन कोइराला, गंगाराज राई, गंगा कालिकोटे, कृतिका गिरी, सुरेश राई, गोपाल देवान रहेका थिए। कार्यक्रम एकदमै भब्य रुपमा सम्पन्न भएको थियो।