काठमाडौं– स्थायी समिति बैठक सकिएसँगै सत्तारुढ दल नेकपा को शीर्ष नेतृत्व सभामुख–उपसभामुखका उम्मेदवार छनोटमा केन्द्रीत भएको छ। सोमबार बिहान त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने बताइसको छ। सम्भवत दलहरुको सहमतिमा सोही दिन सभामुख उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयले तयार गरेको छ।
त्यसका लागि अबको चार दिनमा दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्नेछ। यही समयसीमालाई ख्याल गर्दै नेकपा नेतृत्वको ध्यान सभामुख छनोटमा केन्द्रीत भएको हो। अब उपसभामुख तुम्बाहाङफेको राजीनामाको विषय कुनै समस्याको विषय रहेन। बालुवाटार उच्च स्रोतले भन्यो, ‘अबको सभामुख सुवास नेम्वाङ नै हुने ९० प्रतिशत पक्का छ। तर दुई अध्यक्षबीच फाइनल नै भने भैसकेको छैन।’
त्यसो त तुम्बाहाङ्फेले राजीनामा गरेपछि उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि नेकपामा कायमै छ। यसबारेमा पनि दुई अध्यक्षबीच स्पष्ट हुन बाँकी नै छ। नेकपा नेतृत्व तुम्बाहाङ्फेलाई राजीनामा गराउने र नेकपाकै अर्का नेतालाई सभामुख बनाउने योजनामा छ। संसदको सवैभन्दा ठुलो दलको हैसियतले नेकपाले सभामुख नछाड्ने यसअघि नै सार्वजनिक गरिसकेको छ।
त्यसो त तुम्बाहाङ्फेले राजीनामा गरेपछि उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि नेकपामा कायमै छ। यसबारेमा पनि दुई अध्यक्षबीच स्पष्ट हुन बाँकी नै छ। नेकपा नेतृत्व तुम्बाहाङ्फेलाई राजीनामा गराउने र नेकपाकै अर्का नेतालाई सभामुख बनाउने योजनामा छ। संसदको सवैभन्दा ठुलो दलको हैसियतले नेकपाले सभामुख नछाड्ने यसअघि नै सार्वजनिक गरिसकेको छ।
स्रोतका अनुसार उनीहरुबीच झण्डै दुई घण्टा सभामुख र उपसभामुख चयनबारे छलफल भएको हो। नेकपामा सभामुखका लागि यसअघि तीन जनाको नाम बढी चर्चामा आएको थियो। जसमध्ये नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, हाल उपसभामुख रहेकी शिवमाया तुम्वाङ्फे, नेता अग्नि सापकोटा र अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सभामुखका लागि नेम्वाङलाई अगाडि सारेका छन् भने अर्का अध्यक्ष प्रचण्डले नेता अग्नि सापकोटालाई जिम्मेवारी दिन चाहेका छन्। त्यसैगरी तुम्बाहाङ्फेलाई नेकपाकै केही महिला सांसद र राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख बनाउनुपर्ने आशय प्रकट गरिरहेका छन्।
पूर्व माओवादी बृत्तबाट सापकोटालाई सभामुख बनाउनुपर्ने चर्को दवाव प्रचण्डलाई छ। सोमबार बालुवाटारमा भएको ओली प्रचण्डबीचको छलफलमा आइतबार सम्पन्न स्थायी समिति बैठकको समीक्षाबारे पनि कुराकानी भएको छ। सोमबार बालुवाटारमा भएको ओली प्रचण्डबीचको छलफलमा आइतबार सम्पन्न स्थायी समिति बैठकको समीक्षाबारे पनि कुराकानी भएको छ।